नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै-Sutra News

नेपालले टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दै

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि नेपालले हङकङविरुद्ध टस जितेको छ ।



अल अमरेत क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । सेमिफाइनल खेलमा युएईसँग पराजित भएको नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

नेपाल युएईसँग ६ विकेट पराजित हुँदा हङकङ ओमानसँग पाँच विकेटले पराजित भएको थियो । हारसँगै सेमिफाइनलबाट बाहिरिएका यी दुई टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

अब तेस्रो स्थानका लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर पाउने छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोली हुने छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट