यो हप्ता सुनको मूल्यमा सामान्य वृद्धि-Sutra News

यो हप्ता सुनको मूल्यमा सामान्य वृद्धि

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा यो हप्ता सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत हप्ताको शुक्रबारको तुलनामा यो हप्ताको अन्तिम कारोबार दिन सुनको मूल्य ३०० रुपैयाँले बढी हो ।



गत साताको शुक्रबार सुनको मूल्य तोलामा एक लाख ३९ हजार रुपैयाँ थियो । यो सातासम्म आइपुग्दा एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ३८ हजार ६५० रुपैयाँ कायम छ ।

यो साता चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो ।

योसँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट