तेस्रो स्थानका लागि हङकङसँग भिड्दै नेपाल-Sutra News

तेस्रो स्थानका लागि हङकङसँग भिड्दै नेपाल

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले हङकङ भिड्दै छ ।



तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका नेपाल र हङकङ भिड्ने भएको हो । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा खेल नेपाली समयअनुसार अपराहन्न ४ः १५ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएको थियो । यसअघि पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।

त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार खेल्ने छन् । विजेता टोलीले भारत र पाकिस्तान जस्ता देशहरूसँग एसिया कप खेल्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट