६२० किमी रेञ्ज दिने ईभी गाडी सार्वजनिक, वैशाख महिनाभरि विशेष छुट-Sutra News

६२० किमी रेञ्ज दिने ईभी गाडी सार्वजनिक, वैशाख महिनाभरि विशेष छुट

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रा.लि.ले आधिकारिक वितरकका रुपमा चीनको विश्व प्रख्यात ब्राण्ड स्काइवेल प्रिमियम लक्जरी ईभी एसयुभी सार्वजनिक गरेको छ ।



६२० किमी रेञ्ज दिने ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी एसयुभी शुक्रबार एक समारोहबीच जी मोटर्सले सार्वजनिक गरेको हो । भक्तपुरको राधेराधेस्थित स्काइवेल शोरुममा उद्घाटनका साथै नौ थान गाडी ग्राहकलाई डेलिभरी गरिएको थियो ।

उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतवासका इकोनोमिक एण्ड कमर्शियल कन्सुलर सियु, स्काइवेल न्यू इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सका अध्यक्ष दुर्गा प्रसाद गेलालले शोरुम उद्घाटन गरेका थिए ।

नाडाबाट औपचारिक बुकिङ्ग एवं ब्राण्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काइवेलको प्रिमियम तथा नेपालमा सबैभन्दा धेरै रेञ्ज दिने गाडी भित्र्याएको हो । एकपटक चार्ज गर्दा ६२० किमीको दुरी तय गर्ने यो गाडीले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ ।

कम्पनीले एक वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेञ्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा दिन वैशाख महिनाभरि मिति तय गरेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

 

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्राण्डको विद्युतीय एसयुभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की, रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

गाडीको विशेषताहरूः

८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
१५० किलोवाट मोटर क्यापासिटी
६२० किमी रेञ्ज
अटो पार्किङ्ग
मेट्रिक्स लेजर हेडलाइट
मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ

गाडीको टपस्पिड १६० प्रतिघण्टा भन्दा बढी रहेको छ । जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउने छ । नेपाली बजारमा गाडीको मूल्य एक करोड नौ लाख रहेको कम्पनीले जनएको छ ।

कम्पनीले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट उपभोक्तालाई सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट