

काठमाडौं । सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन् । उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो ।
उनी सुप्रिम सहकारी ठगीमा जोडिएका थिए । अदालतले पुनसहित अन्य छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
दीपेशसँग चार लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, निता थापा मगरसँग दुई लाख र रोशनी गुरुङसँग दुई लाख धरौटीको माग गरिएको अदालतले जनाएको छ ।