रुखबाट खसेर युवकको मृत्यु-Sutra News

रुखबाट खसेर युवकको मृत्यु

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका ४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।



बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जंगलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बनेका थिए ।

घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला ४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए ।

समाजसेवी रहेका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उनले बताए । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट