एमालेले विशेष पत्रकार सम्मेलन गर्ने-Sutra News

एमालेले विशेष पत्रकार सम्मेलन गर्ने

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१
uml

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे पत्रकार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज पत्रकार सम्मेलन गर्ने भएको हो ।



एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भोलिबाट सुरु हुँदै छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

बैठकमा महाधिवेशनमा सहभागी दुई हजार १५३ जना प्रतिनिधि सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट