मोटरसाइकलको ठक्कर दिँदा पैदल यात्रीको मृत्यु-Sutra News

मोटरसाइकलको ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका ७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



पैदल हिँडिरहेका मण्डललाई ०२-००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

मोटरसाइकल चालक विदेह नगरपालिका ६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल प्रहरीले इकराहीबाट बरामद गरेको छ ।

मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट