टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल-Sutra News

टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा युएईसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।



आज अलअमरेत क्रिकेट ग्राउण्ड १ मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । आजको खेलमा सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि.सी. बेञ्चमा छन् ।

नेपाल समूह ‘ए’बाट ४ खेलमा ८ अंकसहित शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट