फाइनल पुग्न नेपाल र यूएईबीच भिड्दै, जित्नै पर्ने दबाबमा टोली-Sutra News

फाइनल पुग्न नेपाल र यूएईबीच भिड्दै, जित्नै पर्ने दबाबमा टोली

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१

काठमाडौं । नेपाल र यूएईबीचको खेल आज हुँदैछ । ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा दुई चीरप्रतिद्वन्द्वी आज ११ः४५ बजे भिड्ने लागेको हो ।



नेपाल र युएईबीचको प्रतिस्पर्धात्मक खेलमा विजेता फाइनलमा प्रवेश गर्ने भएकाले दुवैलाई जित्नु पर्ने दबाब छ । प्रिमियर कपअन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराएको थियो ।

यूएई घरेलु टोली ओमानसँग पराजित भएको थियो । ओमानसँग नौ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो । कुवेतलाई सात विकेटले हराएको थियो भने कम्बोडियामाथि नौ विकेटको जित निकाल्दै नेपालसँगको भेट पक्का गरेको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच अहिलेसम्म नौ खेल भएका छन् । नेपालले पाँच खेल जित्दा युएईले चार खेल जितेको छ । एक दिवसीयमा नेपालले सबैभन्दा बढी युएईसँग खेलेको छ । युएईसँग १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा नेपालले नौ खेल जितेको छ भने ६ खेल गुमाएको छ ।

नेपालको प्लेइङ ११ कप्तान रोहित पौडेलसहित आसिफ शेख ९विकेट किपर०, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि।सी। र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट