मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार-Sutra News

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथोपटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विना विभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विना विभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । त्यस्तै गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरेकी छन् ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुन् भने लुङ्गेली नेकपा एकीकृत समाजवादी र थापा नेकपा एमालेका प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट