ज्वालामुखी विस्फोट हुँदा ११ हजार मानिस विस्थापित-Sutra News

ज्वालामुखी विस्फोट हुँदा ११ हजार मानिस विस्थापित

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । इण्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।



अल जजिराका अनुसार माउन्ट रुआङमा मंगबार र बुधबार पटकपटक विस्फोट भएको थियो । इण्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्याएको छ । जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ ।

एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दालाई टागुलान्डाङ टापुमा सारिएको थियो ।

अधिकारीले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनु पर्ने बताएका छन् । “जोखिम क्षेत्रका कम्तिमा ११ हजार ६१५ बासिन्दालाई सुरक्षित स्थानमा सार्नु पर्छ,’ विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।

अधिकारीले सन् १८७१ मा भएको विस्फोटमा जस्तै ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् । मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट