विवादका बीच मुख्यमन्त्री बने सोडारी-Sutra News

विवादका बीच मुख्यमन्त्री बने सोडारी

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । विवादको उत्कर्षका बीच सुदूरपश्चिममा मुख्यमन्त्री दाबी पेश गरेका समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।



प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेले समर्थन नगर्ने बताउँदै गर्दा नेपाली कांग्रेससँग गठबन्धन हुने भएपछि बाध्य बनेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावललाई फोन गरेर निर्देशन दिएसँगै एकीकृत समाजवादीका नेता सोडारीलाई समर्थन गर्न तयार भएको थियो ।

यसअघि एमालेले सोडारीको नाममा आपत्ति जनाउँदै उनको विकल्प खोज्न एकीकृत समाजवादीसँग आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट