अनमोल केसी भन्छन्- म पुराना गल्ती सुधार्नै चाहन्नँ -Sutra News

अनमोल केसी भन्छन्- म पुराना गल्ती सुधार्नै चाहन्नँ 

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । नायक अनमोल केसी नेपाली फिल्म क्षेत्रमा करिअर सुरुवात गरेको १० वर्ष भएको छ । उनको दशौं फिल्मका रुपमा ‘फर्की फर्की’ आउन लागेको छ ।



यति बेला उनी अभिनीत फिल्म ‘फर्की फर्की’का कारणसमेत चर्चामा छन् । करिब दुई वर्षपछि उनी दर्शक माझ आउन लागेका हुन् । गत वर्षमा कुनै पनि फिल्म प्रदर्शन नभए पनि अनमोल कहिले फिल्म ‘जेरी अन टप’ त कहिले फिल्म ‘रावायण’का कारण चर्चामा रहे ।

अनमोल ‘जेरी अन टप’मा अभिनय गर्ने समाचारले मिडियाको हेडलाइन केही समय बने । उनले अभिनय गर्ने कुराले चर्चामा रहे पनि यो फिल्म फ्लोरमा जान सकेन । वैशाख २५ गते अष्ट्रेलियाबाट छायांकन सुरुवात गर्ने भनिए पनि अझै अन्योल छ ।

उसाे त, साेही वर्ष अनमोल फिल्म ‘रावायण’का कारण पनि चर्चामा रहे । उनले यो फिल्म साइन गरेर अन्तिममा छाडे । फिल्म छाडेपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले उजुरी दर्ता गरे । यसै कारण उनी दुई दिन प्रहरीको हिरासतमा समेत बस्नु पर्यो । यही प्रकरणले उनलाई वर्षभरि चर्चामा ल्यायो ।

त्यसअघि, फिल्म ‘छड्के २’ले उनलाई निकै नमिठोसँग अफसला चखाएको थियो । पछि उनी आफैले धेरैले फिल्मको कथा रोज्न नजानेर गल्ती गरेको ठहराएका थिए । यता, ‘छड्के २’ असफल हुनुमा धेरैले अनमोलकै दोष पनि देखाए । त्यो बेला अनमोलले पनि फिल्म छान्न गल्ती गरेको स्वीकार गर्दै नयाँ फिल्म छान्नका लागि निकै लामो समय लगाए ।

अनमोलले उक्त गल्तीहरू नदोहोरियोस् भन्दै उनले लामो समयको पर्खाइ गरेपछि फिल्म ‘फर्की फर्की’ गर्ने भएका थिए । जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले फेरि ‘पास्ट’मा गएर आफूले कुनै गल्ती सुधार्न नचाहाने बताउँछन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म टाइम ट्राभल (समय यात्रा)को कथासँग सम्बन्धित रहेकाले अनमोललाई सुपर पावर भएको भगवानको रूपमा प्रस्तुत गरिएको छ । साेही कुरालाई आधार बनाएर वास्तविक जीवनमा केही गल्ती गरे भने फेरि विगतमा गएर उक्त गल्ती के सुधार्न चहानु हुन्छ ? भनेर कार्यक्रममा पत्रकारले प्रश्न सोधेका थिए ।

जसको जवाफ दिँदै अनमोलले ‘पास्ट’मा गएर कुनै गल्ती सुधार गर्न नचाहाने बताउँदै भनेका छन्, ‘वास्तविक जीवनमा त्यही गल्तीको सिकाइले आफू अझ राम्रो व्यक्ति बन्न सकेको छु, अब कुनै गल्ती सुधार गर्न चहान्नँ ।’

यो फिल्मको ट्रेलर हेर्दा नायक अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको छ । जसमा उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । यस्तै, म्याडी पात्रले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट