नेप्से परिसूचक भारी अंकले गिरावट, कारोबार रकम पनि घट्यो-Sutra News

नेप्से परिसूचक भारी अंकले गिरावट, कारोबार रकम पनि घट्यो

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले ओरालो लागेर एक हजार ९७२ दशमलव १४ मा सिमित भएको छ ।



आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । यस कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४४१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआईसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् ।

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव ३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट