बाढीका कारण ७० जनाको मृत्यु-Sutra News

बाढीका कारण ७० जनाको मृत्यु

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताए ।



विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको संख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई जानकारी दिएका हुन् । यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए ।

गत हप्ता वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हुँदा दुई हजारभन्दा बढी गाई वस्तुको मृत्यु भएको छ । अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ ।

देशको मौसम निर्देशालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट