अशोक दर्जीलाई हिरो बनाएर टंक बुढाथोकीले फिल्म बनाउने-Sutra News

अशोक दर्जीलाई हिरो बनाएर टंक बुढाथोकीले फिल्म बनाउने

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौ । गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन् । उनले बनाउन लागेकाे यस फिल्मको एक प्रमुख पात्रमा बालगायक अशोक दर्जी पनि फिचर्ड रहने भएका छन् ।



अशोकलाई स्थापित गराएको र टंकको करिअरको टर्निङ पोइन्टको रूपमा रहेको गीत ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ हो । अत्यन्तै निम्न वर्गमा हुर्किएका अशोकलाई आज भन्दा ५ वर्ष अगाडि काठमाडौँ ल्याएर पहिलो पटक गीत गाउने मौका बुढाथोकीले दिएका थिए । उनले पहिलो गीत गाएर सानो उमेर मै देश विदेशमा चर्चा कमाए ।

यसपछि, अशोकले चौरिको चाम्रो छुर्पी, कसरी कसरी, प्रणाम, बा आमा, जस्ता गीत गाएर थप चर्चा कमाएका थिए । चर्चामा आए देखि अभिभावको भूमिका निर्वाह गर्दै आएका टंकले यही गीतको नाम माथी  फिल्म बनाउने भएका छन् ।

गायक अशोककै जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउने तयारी गिरएकाे हाे । जसलाई टंक आफैले निर्माण गर्ने भएका छन् । यो शीर्षकमा बिहीबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै निर्माताले निर्माण इजाजत लिइसकेका छन् ।

अशोक पहिलो गीत आउँदा सानै थिए, यितबेला उनी हर्लक बढेका छन् । त्यसैले फिल्ममा अशोकलाई नै खेलाउनले योजना रहेको बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘फिल्ममा अशोक त अवश्य हुन्छ । मुख्य पात्रमध्ये ऊ पनि एक हो ।’

यता, फिल्मकाे निर्देशक काे हुने भन्ने विषयमा केही खुलाइएकाे छैन । यस बारेका बुढाथोकी भन्छन्, ‘हामीसँग मिल्ने कोही आउनुभयो भने निर्देशनमा जोडिन सक्नुहुनेछ । नभए मेरो आफ्नै अनुभवलाई निर्देशनमा उतार्ने योजना बनाएको छु ।’ यस अघि गीत आफै निर्देशन गरेकाले यो फिल्मलाई पनि बुढाथोकीले आफैले निर्देशन गर्ने सङ्केत गरेका छन् ।

उसो त, अशोकले पछिल्लो समय गाएको गीत नशालु आँखामा उनी एक सेलिव्रेटिको रूपमा सार्वजनिक भिडियोमा देखा परेका थिए । यो गीत सार्वजनिक भएपछि त उनलाई ठूलो पर्दामा देख्न पाउने धेरैको चाहाना थियो, अब नभन्दै उनका शुभचिन्तकको उक्त चाहाना पुरा हुने भएको छ ।

यो फिल्म लण्डनमा बस्दै आएका विनय अधिकारीसँग मिलेर टंकले निर्माण गर्न लागेका हुन् । यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । यसकाे कथा टंकलाई लेखेर बुझाई सिकएकाे छ । फिल्ममा अन्य को-को कलाकार हुन्छन् र फिल्म कहिले सुटिङमा जाँदै छ, यस विषयमा कहि खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट