काठमाडौं । सरकारले देशभर दुई दिनसम्म बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ ।
पाँच वर्षमुनीका बालबालिकालाई बिहीबार र शुक्रबार दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम राखेको हो ।
यस कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइँन्छ । सरकारले करिब २९ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।