भारतमा किन प्रतिबन्ध भयो ‘स्लमडग मिलियनेयर’ अभिनेता पटेलकाे ‘मंकी म्यान’ ?-Sutra News

भारतमा किन प्रतिबन्ध भयो ‘स्लमडग मिलियनेयर’ अभिनेता पटेलकाे ‘मंकी म्यान’ ?

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । भारतीय मूलका बेलायती अभिनेता देव पटेललाई ‘स्लमडग मिलिनियर’ फिल्मका लागि बढी चिनिन्छन् । उनै अभिनेताको अर्को नयाँ फिल्म आउँदै छ । जसको नाम ‘मंकी म्यान’ हो। यो फिल्मलाई पटेल आफैले लेखेका हुन् र निर्देशन गरेका हुन् ।



यो फिल्ममा पटेलले भर्खर कैदमुक्त भएको पात्रको भूमिका निर्वाह गरेछन् । फिल्ममा व्यापारिक मोहमाया र मासिँदै गएको आध्यात्मिक भावसहितको दुनियाँमा उसले भोग्नुपर्ने संघर्ष देखाइएको छ । अप्रिल ५ मा विश्वभर प्रदर्शन भएको यो फिल्ममा देवले निभाएको पात्र हनुमानबाट प्रेरित छन् ।

फिल्म तस्विरलाई दर्शकले मन पराएका छन्, तर ‘मन्की म्यान’ अहिलेसम्म भारतमा प्रदर्शन भएको छैन । यो फिल्म भारतमा १९ वा २६ अप्रिलमा प्रदर्शन हुन सक्ने बताइएको थियो, तर प्रदर्शन मितिको बारेमा पनि कुनै ग्यारेन्टी छैन। यस्तो अवस्थामा ‘मन्की म्यान’को धार्मिक कोणलाई ध्यानमा राखेर भारतमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

बलिउड हंगामाको एक रिपोर्टमा यो फिल्म अहिलेसम्म सेन्सर बोर्डले नहेरेको बताइएको छ । जसका कारण यसको प्रदर्शनमा ढिलाइ भइरहेको छ । तर, आगामी मेमा प्रदर्शन हुने सम्भावना छ ।

मार्च ३१ मा बलिउड हंगामाको एक रिपोर्टमा भनिएको थियो, ‘मन्की म्यान’ भारतमा २६ अप्रिलमा प्रदर्शन हुन सक्छ। त्यसपछि सेन्सर बोर्डले फिल्म हेरेको खबर आएको थियो । तर, हिंसात्मक दृश्य र धार्मिक विषयलाई लिएर फिल्म अन्योलमा छ । त्यसैले यो फिल्म भारतमा प्रदर्शन नहुन सक्छ, त्यसपछि सामाजिक सञ्जालमा भारतमा ‘मन्की म्यान’ प्रतिबन्धित भएको दाबी गरिएको थियो ।

अब बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै आफ्नो प्रकाशित समाचारमा यी सबै फेक न्यूज भएको बताएको छ । केन्द्रीय बोर्ड अफ फिल्म सर्टिफिकेशनको परीक्षक समितिले अहिलेसम्म ‘मन्की म्यान’ हेरेको छैन । फिल्म निर्माण गर्ने स्टुडियो युनिभर्सल पिक्चर्सले सेन्सर बोर्डमा फिल्म अग्रिम बुझाएको थियो । ताकि उनीहरूले छिट्टै सर्टिफिकेट पाउन र आफ्नो फिल्म भारतमा प्रदर्शन गर्न सकुन् । तर, गत साता धेरै बिदा परेकाले सेन्सर बोर्डले ‘मन्की म्यान’ हेर्न समय पाउन सकेन । जसका कारण फिल्मको प्रदर्शनमा ढिलाइ भइरहेको छ । विदाका कारण ‘मन्की म्यान’ मात्र नभई अन्य धेरै फिल्मले पनि यस्तै समस्या भोग्नुपरेको यो रिपोर्टमा उल्लेख छ ।

‘मन्की म्यान’ को सन्दर्भमा अर्को मुद्दा यो हो कि यो फिल्मले भारतका जनताको धार्मिक भावनामा चोट पुर्‍याउन सक्छ। त्यसैले सेन्सर बोर्डले यो फिल्मलाई भारतीय दर्शकका लागि उपयुक्त बनाउन चाहन्छ । जुनसुकै विवादास्पद भागहरू छन्, ती फिल्मबाट हटाउन वा परिवर्तन गर्नुपर्छ। फिल्ममा सेन्सर बोर्डले जेसुकै परिवर्तन गर्न निर्देशन दिए पनि अमेरिकास्थित युनिभर्सल स्टुडियोको टोलीलाई पठाइने छ । भारतीय सेन्सर बोर्डका अनुसार उनीहरूले फिल्ममा परिवर्तन गर्नेछन् । त्यसपछि मात्रै सेन्सर बोर्डले स्वीकृति दिनेछ ।

त्यसपछि मात्र ‘मन्की म्यान’ भारतमा प्रदर्शन हुनेछ । यो सम्पूर्ण प्रक्रिया अप्रिलको अन्त्यसम्ममा सम्पन्न हुने बताइएको छ । त्यसपछि निर्माताहरूले फिल्मको नयाँ भारतमा प्रदर्शन मिति घोषणा गर्नेछन्। ‘मन्की म्यान’ यसअघि नेटफ्लिक्समा रिलिज हुने तय भएको थियो। तर ‘गेट आउट’ र ‘नूप’ जस्ता फिल्म बनाएका जोर्डन पिलेले यो फिल्म हेरे । यो फिल्मलाई सानो पर्दामा प्रदर्शन गर्नु उचित नहुने उनको भनाइ छ । त्यसैले उनले युनिभर्सल पिक्चर्ससँग कुरा गरेर सिनेमाघरमा प्रदर्शन गर्ने निर्णयमा पुगेका हुन् ।

युनिभर्सलसँगको सहकार्यमा उनले नै यो फिल्म वितरण गरेका हुन् । ‘मन्की म्यान’मा देव पटेलसँग शोभिता धुलिपला, पितोवास, सिकन्दर खेर र मकरन्द देशपाण्डे जस्ता कलाकारले पनि काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट