‘पुष्पा: द रूल’: हालसम्मकै महँगो मूल्यमा रिलिज अधिकारको खरिद, नेपालका लागि भारु ४ करोड-Sutra News

‘पुष्पा: द रूल’: हालसम्मकै महँगो मूल्यमा रिलिज अधिकारको खरिद, नेपालका लागि भारु ४ करोड

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । अल्लु अर्जुनको ‘पुष्पा २’ ले प्रदर्शन हुनु अगावै बजारमा तहल्का मच्चाउन थालेको छ ।



यो फिल्मको फ्रेन्चाइजी मूल्य यति धेरै महँगो छ कि, यो फिल्मका लागि डिस्ट्रीब्युटरहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको विषयमा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ प्रदर्शन गर्ने अधिकार किनेका छन् ।

अनिलले ‘पुष्पा- २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। उनी अभिनेत्री रवीना टन्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो फिल्म वितरकको रूपमा गनिन्छन् ।

पिंकभिल्लाको रिपोर्ट अनुसार अनिलले उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार २०० करोडमा किनेका हुन, त्यो अग्रिम आधारमा हो। वास्तवमा, अहिलेसम्म कुनै पनि फिल्मको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर, ‘पुष्पा २’ ले त्यो अङ्कलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशभरको फिल्म उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

सन् २०२१ मा प्रदर्शन भएको ‘पुष्पा’ ले विश्वभर तहल्का मच्चाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । फिल्मका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै यादगार बनेका थिए । त्यसयता फिल्मको दोस्रो भागको प्रतीक्षा बढिरहेको छ ।

फ्रेन्चाइजको दोस्रो भाग निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले दाबी गरेका छन् । यसलाई दर्शकले मन पराउनेमा उनीहरू विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले फिल्मको प्रारम्भिक लुक्स र टिजरले दर्शकमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

यता, नेपाली वितरकले ‘पुष्पा २’का लागि ४ करोड तिर्न तयार भइसकेका छन् । ‘पुष्पा’लाई केही लाखमा नेपाल भित्राएका वितरकले ‘पुष्पा २’का लागि ४ करोड तिर्नुपर्ने पक्का भइसकेको छ । नेपालमा पनि दर्शकले ठूला र प्रतीक्षित केही फिल्मबाहेक अरू फिल्ममा मन बनाउन छाडेका छन् । भारतीय वितरकले नेपालमा फिल्म बेच्नका लागि महँगो रकम भन्न थालेको अवस्था छ ।

हालै अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर सार्वजनिक भएको थियो । यो फिल्मको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै फिल्मको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को रिलिज स्थगित हुन सक्छ । तर, टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो ।

‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरू देखिँदै छन् । यो फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट