सुनको मूल्यमा गिरावट, आजको मूल्य कति ?-Sutra News

सुनको मूल्यमा गिरावट, आजको मूल्य कति ?

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले गिरावट भएको हो ।



महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट