चार अर्ब डलर विदेशी लगानी आकर्षित गर्ने श्रीलंकाको योजना-Sutra News

चार अर्ब डलर विदेशी लगानी आकर्षित गर्ने श्रीलंकाको योजना

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । श्रीलंकाली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ ।



त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलंकाले १.५ अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए ।

उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए । श्रीलंकामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट