कीर्तिमानी दीपेन्द्रको अर्को कीर्तिमान, ग्लेन म्याक्सवे र मिचेल मार्स परे पछि-Sutra News

कीर्तिमानी दीपेन्द्रको अर्को कीर्तिमान, ग्लेन म्याक्सवे र मिचेल मार्स परे पछि

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी २० वरियताको अलराउण्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन् ।



अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४ औँ स्थान सुधार गर्दै ११ औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी, ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२ औँ स्थानमा उक्लिएका छन् ।

उनले अष्ट्रेलियाका मिचेल मार्स, जेसन होल्डर, न्युजिल्याण्डका मिचेल स्यान्टनर, अष्ट्रेलियाकै ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरूलाई उछिन्न सफल भएका हुन् ।

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्ध खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३ औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५ औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १०० औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट