एलिनाले कसिन प्रेमीसँग लगन गाँठो (फोटो फिचर)-Sutra News

एलिनाले कसिन प्रेमीसँग लगन गाँठो (फोटो फिचर)

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । चर्चित गायिका एलिना चौहानको प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेकी छन् ।



अष्ट्रेलियामा बस्दै आएका सापकोटासँग एलिनाको गृह जिल्ला झापामा विवाह गरेका हुन् । उनीहरूले आज हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।

विवाहअघि उनीहरूले मंगलबार मेहन्दी समारोह गरेका थिए । बागलुङबाट जन्तीसहित विष्णु मंगलबार झापा पुगिसकेका हुन् । उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धनमा थिए ।

जसलाई औपचारिक रुपमा आज विवाहमा परिणत गरेका छन् । अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा पुग्दा विष्णुसँग एलिनाको भेट भएको हो ।

यसपछि, यी दुई प्रेममा परेका थिए । पछि बिचमा उनीहरूको ब्रेकअप भएको हल्ला चलेको थियो । सो हल्लालाई चिर्दै एलिना–विष्णु विवाह गरेका हुन् । तस्बीर – गोपीकृष्ण चापागाई‌

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट