एन्फा उपाध्यक्ष दावा लामा पक्राउ-Sutra News

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार लामालाई पक्राउ गरेको हो ।



उनलाई पुरानो मुद्दामा पक्राउ गरिएको हो । लामा लागू औषध मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई उच्च अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरी पाँच वर्षको कैद सजायँ सुनाएको थियो ।

यद्यपि, उनी अदालतको फैसलाबमोजिम पक्राउ परेका थिएनन् । यहीबीचमा उनी एन्फाको उपाध्यक्ष भएका थिए । उनी फरारको सूचीमा थिए ।

अदालतको फैसलाबमोजिम कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट