यस्तो छ ‘ह्रस्व दीर्घ’मा हरिहरको गेटअप-Sutra News

यस्तो छ ‘ह्रस्व दीर्घ’मा हरिहरको गेटअप

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडाैं ।  अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको इन्डो-नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को अर्को एक नयाँ पाेस्टर सार्वजनिक भएको छ । अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर नयाँ लुक्स सार्वजनिक गिरएको हो ।



फिल्मको निर्माणपक्षले सार्वजनिक गरेकाे पोस्टरमा हरिहरको दुई वटा नयाँ लुक्स समावेश गराइएको छ । एउटा तस्विरमा उनले लामो कपाल पालेकाे देख्न सिकन्छ । यस्तै, सोही तस्विरको अर्को लुक्समा भने हरिहरलाई पण्डितको गेटअपमा देख्न सकिन्छ ।

यसअघि, निर्माणपक्षले दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा कविरलालको छायांकन, हरिहर अधिकारीको कथा छ । फिल्मको निर्मात्री नायिका नीता ढुंगाना हुन् । उनी यही फिल्मबाट पहिलो पटक निर्मात्री बनेकी हुन् ।

यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । फिल्ममा नेपाली कलाकार सरोज खनाल र नरेन खड्काको पनि अभिनय छ ।

नेपाल र भारतमा छायांकन गरिएको याे फिल्म आगामी असोजको ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट