अप्ठ्यारोमा रवि, रास्वपाभित्रबाटै उठ्न थाल्यो छानबिन समिति बनाउने माग-Sutra News

अप्ठ्यारोमा रवि, रास्वपाभित्रबाटै उठ्न थाल्यो छानबिन समिति बनाउने माग

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रैबाट सहकारी ठगी प्रकरणमा छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने माग उठ्न थालेको छ । सहकारी प्रकरणबाट पार्टी नै घेराबन्दीमा पर्ने अवस्था बनेपछि नेताहरुले नै यस्तो बताउन थालेका हुन् ।



रास्वपाभित्र प्रभावशाली मानिने केन्द्रीय सदस्य गणेश कार्कीले सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने धारणा राखेका छन् । उनले छानबिन गर्ने विषयमा असहमति जनाउनुपर्ने आवश्यक नभएको पनि तर्क गरेका छन् ।

“दुर्भाग्य, बिचमा केहि अलमल भएको छ । जसले गर्दा संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो”, कार्कीले भनेका छन्, “कसैलाई हाम्रोविरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।”

कार्कीले यसअघि पनि पात्रलाई हेरेर निर्णय गर्न नहुने धारणा राख्दै आएका थिए । उनले पात्रलाई जोगाउनकै निम्ति पार्टीलाई सिध्याउन नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट