

काठमाडाैं । चर्चित गायिका एलिना चौहानको आज वैवाहिक जीवनमा बाँधिँदै छिन् । उनले, आज आफ्ना प्रेमी विष्णु सापकोटासँग बिहे गर्न लागेकी हुन् ।
हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी सापकोटासँग परम्परागत रूपमा एलिनाको गृह जिल्ला झापामा विवाह समारोह हुँदै छ । जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।
मंगलबार उनले मेहन्दी समारोह गरेको तस्बिर तथा भिडियो सार्वजनिक भइसकेका थिए भने बागलुङबाट जन्तीसहित विष्णु मंगलबार नै झापा पुगिसकेका छन् ।
एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा पुग्दा विष्णुसँग एलिनाको भेट भएको हो । यसपछि, यी दुई प्रेममा परेका थिए । पछि बिचमा उनीहरूको ब्रेकअप भएको हल्ला चलेको थियो । सो हल्लालाई चिर्दै एलिना-विष्णु विवाह बन्धनमा बाँधिन लागेका हुन् ।
एलिनाको हल्दी र मेहेन्दी सेरोमोनीमा उनका साथीहरू, आफन्त र परिवारका सदस्यहरू उपस्थित थिए । मेहेन्दी सेरोमोनीमा एलिना निकै खुशी देखिएकी छिन् । उनलाई मेहेन्दी सेरोमोनीमा पुगेर विष्णुले फूलको गुच्छा दिएका थिए ।
एलिना नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चित छिन् । उनको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ बजारमा लोकप्रिय छ । विष्णु पेसाले व्ययसायी हुन् । उनको मायालु फुड, मायालु फर्निचर, मायालु इन्टरटेन्मेन्टलगायत कम्पनी छन् । उनले एलिनासँग केही म्युजिक भिडियोमासमेत काम गरिसकेका छन् ।