आज मेष, मिथुन र सिंह राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, मिथुन र सिंह राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

आज मिति विं.सं. २०८१ वैशाख ०५ गते बुधबार । सन् २०२४ अप्रिल १७ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः३७ बजे भयो भने सूर्यास्त साँझ ६ः२९ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

भौतिक साधन जुट्ने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । तर आजको दिन श्रमको उचित मूल्य नमिल्न सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानी पुग्ने सम्भावना रहला । छोटो समयमा राम्रै उपलब्धि हात पार्ने अवसर प्राप्त हुने देखिन्छ । विभिन्न भौतिक साधन संग्रह गर्ने योग छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

कर्कट

हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला, ध्यान राख्नुहोला । कर्मबल बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च बढेपनि व्यवसायमा राम्रै फाइदा होला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुनेछ । मित्रजनले साथ दिनेछन् । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या

अवसरवादीहरूले झुक्याउन सक्ने दिन छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिएला । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने योग रहेकोले प्रयत्न गर्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख दिन सक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । तामसिक काममा आकर्षण रहला ।

बृश्चिक

आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । शुभचिन्तकहरूले योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

धनु

आजको दिन केही चुनौतीपूर्ण रहला । इर्ष्यालुजनले सताउन सक्छन् । स्वास्थ्य पनि अलिक कमजोर रहला । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग छ । कुनै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।

मकर

दिन राम्रै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । दिनको पछिल्लो प्रहर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । सावधान रहनु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्ने योग छ । तर पहिलेको सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आरोग्यता रहला ।

मीन

शुभता बढ्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । व्यापारमा राम्रै धनलाभ होला । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । साझेदारीको काम बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट