रहेनन् साहित्यकार प्रकट पंगेनी-Sutra News

रहेनन् साहित्यकार प्रकट पंगेनी

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

पोखरा । चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसाे पंगेनीको निधन भएको हो ।



७० वर्षीय पंगेनी निमोनियाकाे समस्याबाट पीडित थिए । समस्या जटिल बनेपछि सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनको मंगलबार दिउँसो निधन भएको हो ।

पंगेनीले पाेखरामा रहेर थुप्रै गीत र गजल लेखेका छन् । उनकाे ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ भन्ने गीत चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट