पछि हट्याे एकीकृत समाजवादी, लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता-Sutra News

पछि हट्याे एकीकृत समाजवादी, लक्ष्मणकिशोरलाई दिएकाे समर्थन फिर्ता

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार एकीकृत समाजवादीकाे सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको हाे ।



एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा नेपाली कांग्रेससँगै एकीकृत समाजवादीले पनि समर्थन गरेकाे थियाे ।

सत्ता साझेदारकाे बीचमा भएकाे सहमति कार्यान्वयन नभएकाे भन्दै एकीकृत समाजवादीले रेशम चौधरी पक्षीय लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो । तर, मंगलबार सुदूरपश्चिमकाे मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिन दलहरू तयार भएसँगै एकीकृत समाजवादी पछि हटेकाे हाे ।

आइतबार सत्ता साझेदारबीच भएकाे सहमतिपछि नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले पनि दाबी पेश गरेका थिए ।

दाेहाेराे दाबी परेसँगै प्रदेश प्रमुख मियाँले भने दाबी उपर कुनै कारबाही गरेका छैनन् । एकीकृत समाजवादीकाे पछिल्लाे कदमसँगै भने सुदूरपश्चिममा थप अर्काे अन्याेलता देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट