प्रभु बैंकका ग्राहकलाई स्काई वाक टावरको टिकटमा छुट-Sutra News

प्रभु बैंकका ग्राहकलाई स्काई वाक टावरको टिकटमा छुट

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं। प्रभु बैंकका ग्राहकले कमलादीस्थित स्काई वाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र वन्डर्स नेपाल प्रालिबीच सम्झौता गरिएको छ।



सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने जनाइएको छ ।

बैंकले ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरुलगायत अन्य व्यापारिक ईकाइहरुमा समेत गराउँदै आएको छ ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत बैंकले करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट