पाेखराकाे नयाँगाउँमा पनि प्रभु बैंककाे शाखा-Sutra News

पाेखराकाे नयाँगाउँमा पनि प्रभु बैंककाे शाखा

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडाैं । प्रभु बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३०२ औं शाखा विस्तार गरेको छ।



बैंकको नयाँ गाउँ शाखा कार्यालयको उद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरेका हुन्।

बैंकको नयाँ गाउँ शाखा कार्यालयको उद्घाटन गर्दै गौचनले विभिन्न ठाउँमा बैंकले आफ्नो शाखा सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको बताइन्।

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको बताउँदै यसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट