ग्लोबल आइएमईका क्रेडिट कार्ड होल्डरलाई ६ हजारमै विदेश भ्रमण !-Sutra News

ग्लोबल आइएमईका क्रेडिट कार्ड होल्डरलाई ६ हजारमै विदेश भ्रमण !

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।



आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न बैंकको क्रेडिट कार्डवाहक ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको बैंकले जनाएको छ ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थान अन्नपूर्ण बेसक्याम्प, धार्मिक गन्तव्यका रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, बाली, दुबई भ्रमणका लागि सहुलियत मूल्यका योजना ल्याइएको छ ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार दुई सय १० रुपैयाँ र विदेश भ्रमणका लागि न्यूनतम ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।

बैंकका क्रेडिट कार्डवाहक व्यक्तिले आइएमई ट्राभल्समार्फत टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहनेलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट