शेयर लगानीकर्तालाई प्राेत्साहन गर्दै महालक्ष्मी, ल्यायाे लगानीकर्तालक्षित बचत खाता-Sutra News

शेयर लगानीकर्तालाई प्राेत्साहन गर्दै महालक्ष्मी, ल्यायाे लगानीकर्तालक्षित बचत खाता

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडाैं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।



सेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ यो खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आस्बा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्ने बताइएको छ । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आस्बा दर्ता गर्न पनि शुल्क लाग्नेछैन ।

टिएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीसँग आवश्यक सहकार्यसमेत बैंक स्वयंले नै गर्ने जनाएको छ ।

यसबाट सेयर लगानीकर्ताको स्टक ब्रोकर कम्पनीसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट