

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ ।
लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।