पूर्वेली दर्शकहरु भेट्न निस्कियो ‘डिग्री माइला’ टिम-Sutra News

पूर्वेली दर्शकहरु भेट्न निस्कियो ‘डिग्री माइला’ टिम

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’का बारेमा दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन फिल्मका प्रमुख कलाकारहरु आजबाट मोफसलका दर्शक भेटघाटमा निस्केका छन्।



गत चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्मको यस अघि काठमाडौंका हल-हलमा पुगिरहेका कलाकार दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिममा मोफसल यात्रामा निस्किएका हुन् । यो यात्रा कोशी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु भएर झपाको बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा फिल्म हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं यसक्रममा उनीहरु विराटनगरका, विभिन्न फिल्म हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा फिल्महल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

तेश्रो दिनमा फिल्मले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले फिल्मले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।

‘डिग्री माइला’ हेरेका दर्शकले फिल्मको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन् ।

फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट