एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङ ११४ रनमै अलआउट-Sutra News

एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङ ११४ रनमै अलआउट

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१
फाइल तस्बिर

काठमाडाैं । ओमानमा जारी एसीसी प्रीमियर कप क्रीकेटमा आफ्नो तेस्रो खेलमा हङकङ विरुद्ध बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई १७.५ ओभरमा ११४ रनमा अलआउट गरेको छ ।



ओमानको अल अमरेत क्रीकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानका लागि कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट