टस जितेर नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै-Sutra News

टस जितेर नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।



अल अमरेत क्रिकेट ग्राउण्ड १ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको छ ।

वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८–१८ ओभरको हुनेछ । नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट