नेपाल र हङकङबीचको खेल ढिला हुने-Sutra News

नेपाल र हङकङबीचको खेल ढिला हुने

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीचको खेल ढिला हुने भएको छ । बिहान ११ः४५ बजे सुरु हुने भनिएको खेल वर्षाका कारण ढिला हुने भएको हो ।



खेल हुने मैदानमा हल्का वर्षा भएकाले पिच कभरले ढाकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेलमा ओभर घटेर ढिलो सुरु हुने देखिएको छ ।

पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ । टस नियमित समय अनुसार ११ः१५ मा हुनु पर्ने हो । तर, टस पनि हुन सकेको छैन ।

नेपाल हङकङलाई पराजित गर्दै औपचारिक रुपमा सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । नेपालले यसअघि दुई खेलमा जित निकालिसकेको छ ।

नेपालले मलेसियालाई पाँच विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाल र हङकङबीच ९ टी २० आई खेल भएका छन् । दुवै टोली समान ४ खेलमा विजयी भएको छ भने एक खेल वर्षाले रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट