फिल्म ‘सारङ्ग’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु-Sutra News

फिल्म ‘सारङ्ग’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । बाल मनोविज्ञानिक विषयमा आधारित फिल्म ‘सारङ्ग’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु भएको छ । प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्मको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो ।



केही दिनअघि घोषणा गरिएको फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमै हुनेछ । सुटिङ सेड्युल करिब एक महिना रहेको छ ।

कोरियोग्राफरको रूपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा प्रस्तुत गरिँदै छ। यसअघि पनि बाल मनोविज्ञानको विषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउँछन् ।

दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बाल कलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन्। `सारङ्ग` बाल दिवसको छेकोमा रिलिज गरिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट