

काठमाडौं । नयाँ वर्षको पहिलो दिन गिरावट भएको सुनको मूल्य सोमबार वृद्धि भएको छ । आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार योसँगै आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ३६ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।