बाबुरामका विश्वासपात्र पाण्डे फर्किए माओवादी केन्द्रमा-Sutra News

बाबुरामका विश्वासपात्र पाण्डे फर्किए माओवादी केन्द्रमा

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य विश्वदीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् । सोमबार पाण्डेलाई प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।



पाण्डे नयाँ शक्ति गठनदेखि नै डा. बाबुराम भट्टराईलाई सघाउँदै आएका थिए । पाण्डेलाई भट्टराईको विश्वास पात्रकाे रूपमा चिनिन्थ्याे ।

यद्यपि, पछिल्लो समय पाण्डे र भट्टराईबीच दुरी बढिरहेकाे थियाे । भट्टराई माओवादी केन्द्रसँग एकताकाे पक्षमा नदेखिँदा पाण्डे निःशर्त एकताको पक्षमा उभिएका थिए ।

नेसपाभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने कोणबाट विवाद चलिरहेकै बेला पाण्डे एक्लै माओवादी केन्द्र भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट