

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा हङकङसँग भिड्ने भएको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने खेल बिहान ११ः४५ बजेदेखि शुरु हुने छ ।
जारी प्रिमियर कपमा नेपालले अहिलेसम्म शानदार जित निकाल्दै आएको छ । यसअघि खेलेका दुई खेलमा नेपालले जित निकालेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नै पर्ने दबाबमा हुने छ । नेपाल आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ ।
नेपाली टोलीमा रोहित पौडेलको कप्तानीमा आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।