आज कर्कट, तुला र कुम्भ राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कर्कट, तुला र कुम्भ राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

आज मिति २०८१ साल वैशाख ३ गते सोमबार । तदअनुसार अप्रिल १५ तारिख चैत शुक्ल पक्षको सप्तमी तिथि । आज बिहान ५ बजेर ३९ मिनेटमा झुल्किएको सूर्य साँझ ६ बजेर २८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः



मेष

चुनौतीपूर्ण समय छ, काममा होस नपुग्दा केही समस्या झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । परिस्थितिप्रति गम्भीर नबन्दा पहिलेका समस्या दोहोरिन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । स्वास्थ्यमा केही कमजोरी देखापर्ने योग छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । रसरागको भाव वृद्धि होला ।

बृष

आलोचकहरूले सताउन सक्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिएलान् । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । प्रतिकुलताका बाबजुद जिम्मेवारी बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । यात्रापरक काम बन्नेछ ।

मिथुन

कर्ममा व्यस्तता बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारी काममा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । अवसर खेर नजाला । व्यापारमा पनि राम्रै फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आय वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुने योग छ ।

सिंह

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने योग छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादनमा असर पर्ला । तथापि, बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

विवेक र पराक्रमले प्रतिस्पर्धीलाई हराउन सकिनेछ । नसोचेको अवसरले उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । व्यक्तिगत फाइदाको मात्र पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ भने यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला

श्रमको उचित मूल्यांकन हुने समय छ । मेहनतले आम्दानी बढाउन सकिनेछ । आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आरोग्यता रहनेछ । शुभ काममा आकर्षण रहला ।

बृश्चिक

तार्किक क्षमता बढ्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । तर, व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा असर गर्न सक्छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्ने योग छ । आरेग्यता रहला । परिवारिक सुख बढ्नेछ ।

धनु

चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । आजको दिन विशेष योजना र बजेट बनाएरमात्र कार्य गरे बेस होला ।

मकर

आजको दिन काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ । सामाजिक दायित्व भने बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

शुभता बढ्नेछ । पढाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । चिताएको कामले राम्रै लाभ दिलाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

पराक्रम बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ कामको प्रस्ताव आउने योग छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सभा–समारोहमा सम्मानित हुनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट