वानएक्स बेटिङबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ-Sutra News

वानएक्स बेटिङबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् ।



उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अहिलेसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ ।

उनीहरूले सट्टेबाजी खेलाउनुका साथै क्रिप्टो करेन्सीमा समेत कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

उनीहरूविरुद्ध सार्वजनिक कसुरअन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट