विश्व बैंकले दिने ६१ करोडभन्दा बढी रकम लिने सरकारको निर्णय-Sutra News

विश्व बैंकले दिने ६१ करोडभन्दा बढी रकम लिने सरकारको निर्णय

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । सरकारले संसद् अधिवेशनबाट अर्को अधिवेशनमा जान संवैधानिक व्यवस्थाअनुसार केही समय आवश्यक पर्ने भएकाले अधिवेशन अन्त्य गरेको जनाएको छ ।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कांग्रेसको अवरोधका कारण नभई बजेटको तयारी र अर्को अधिवेशन सुरु गर्ने संवैधानिक व्यवस्थाअनुसार अधिवेशन अन्त्य गरिएको बताएकी हुन् ।

उनले संसद अन्त्य स्वभाविक प्रक्रियामा भएकाले यसलाई अरु अर्थमा बुझ्न नहुने बताउँदै सहकारी प्रकरणमा सत्य तथ्य खोजिनु पर्ने बताइन् । यस क्रममा उनले प्रमाण भए जतिसुकै ठूला मान्छे भए पनि कानूनी कारबाही गर्ने स्पष्ट पारिन् ।

त्यस्तै, मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रवक्ता शर्माले लैङ्गिक हिंसाको प्रतिकार्यलाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने करिब ६१ करोड ३५ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट