सूत्र न्यूजको सम्पादकमा कोइराला नियुक्त-Sutra News

सूत्र न्यूजको सम्पादकमा कोइराला नियुक्त

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । सूत्र न्यूज डट.कम.को सम्पादकमा सरोज कोइराला नियुक्त भएका छन् । सूत्र मिडिया प्रा.लि.ले आइतबार कोइरालालाई सम्पादकको जिम्मेवारी सुम्पिएको हो ।



सूत्र मिडियाको बानेश्वर हाइटस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सूत्र मिडिया प्रा.लि.का अध्यक्ष केशव खड्काले कोइरालालाई स्वागत गरे । उनले कोइरालाको आगमनसँगै सूत्र न्यूजले थप गति लिने विश्वास व्यक्त गरे ।

नवनियुक्त सम्पादक कोइरालाले मिडिया हाउसलाई थप उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषगरी व्यवसायीक पत्रकारिताको विकास गर्ने गरी मिडियालाई अगाडि बढाउने बताए ।

दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका कोइराला यसअघि स्पेस फोर के टेलिभिजनको सम्पादकको भूमिकामा थिए । उनले यसअघि एभिन्यूज, न्यूज २४ फोर, हिमालयन, प्राइमलगायतका टेलिभिजनमा काम गरेका छन् ।

उनीसँग रेडियो सिटी एफएम र नेपाली रेडियो नेटवर्कमा काम गरेको अनुभव छ । उनी नेपाल वातावरण पत्रकार समूहसँग समेत आबद्ध थिए ।

झापा स्थायी घर भएका कोइरालाले पत्रकारिता र संगीत विषयको अध्ययन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट