सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरको दाबी-Sutra News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरको दाबी

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।



मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षर गरेको पत्र पेश गरिएको हो ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई दाबी पेश गरेका हुन् । यसका लागि कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जना सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट