संसदको हिउँदे अधिवेशनको २३ बैठकमा के–के भए ? (पूर्णपाठसहित)-Sutra News

संसदको हिउँदे अधिवेशनको २३ बैठकमा के–के भए ? (पूर्णपाठसहित)

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य हुँदैछ । अधिवेशन अन्त्य गर्ने राष्ट्रपति रामचन्द्र पौडेलबाट आएको पत्र सभामुख देवराज घिमिरेले बाचन गरेसँगै आइतबारको बैठक सकिएको छ ।



गत माघ २२ गतेदेखि प्रारम्भ भएको संसदको हिउँदे अधिवेशनमा २३ बैठक बसेको सभामुख घिमिरेले जानकारी दिए । यस अधिवेशनले जम्मा तीन वटा विधेयक पारित गरेको उनले जनाए ।

हिउँदे अधिवेशनबाट नुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित भएका छन् ।

अधिवेशनले विमस्टेक बडापत्र पनि अनुमोदन गरेको उनले जनाए ।

यो अधिवेशनमा पाँच वटा विधेयक दर्ता भएका थिए । राष्ट्रियसभामा उत्पति भएका तीन वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी तीन वटा पेश गरिएको छ ।

सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त आठ वटा विधेयकमध्ये जम्मा दुई वटा पारित भएको र छ वटा समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले जनाकारी गराएका छन् ।

के–के भए ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट